Khabar Samachar

Search
Close this search box.

रायमाझीलाई षड्यन्त्रपूर्वक समाउनुपर्ने रहस्यपूर्ण छ: ओली

203
VIEWS

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन खोजेका कुरा सुनेको र  तत्कालीन गृहमन्त्री र राष्ट्रिय अनुसन्धान विभागलाई यसबारे बुझ्न भनेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदबारमा बिहीबार भेटवार्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले यो विषयमा आफूलाई पहिला नै जानकारी भएको बताएका हुन्।

उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गरे।

उनले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए।

ओलीले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित