Khabar Samachar

प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने सत्ता गठबन्धनको निष्कर्ष

204
VIEWS

 

शनिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीले फेरि संसद्‌बाट विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ।सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सरकारमा सहभागी दलका नेताहरूको बैठक बसेको थियो।

‘सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।

साथै, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुनै संवैधानि व्यवस्था नभएको पाण्डेले बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ पाण्डेले भने।

शनिबारको बैठकमा भोलिबाट चल्ने संसद बैठकमा व्यवस्थित रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको जनाइएको छ। सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित