Khabar Samachar

भ्रष्टाचारको बिरुद्दमा नेविसंघ त्रि-चन्द्र क्याम्पसमा प्रदर्शन

205
VIEWS

नेपाल विद्यार्थी संगठन(नेविसंघ) त्रि-चन्द्र क्याम्पस समितिले विरोध प्रदर्शन गरेको छ। भ्रष्टाचारका गतिविधि बढ्दै गइरहेको भन्दै यसलाई निर्मुल पार्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले ‘अब त अति भो’ ब्यानरसहित भ्रष्टाचार देशद्रोह हो। दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला शीर्ष राजनीतिक दलका शीर्ष नेताहरू पनि जोडिँदै गएपछि यो विषयको चर्चा चुलिँदै गएकाे छ। यसको विरोधमा विभिन्न दलका भातृ संगठन तथा आम जनमानस उर्लिएका छन्।यस प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले नेकपा एमाले नेता टोपबहादुर रायमाझीका छो‍रा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रस नेता बालकृष्ण खाण, खाणका स्वकीय सचिव नरेन्द्र केसी, सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १२ जनालाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित