Khabar Samachar

Search
Close this search box.

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडिएकोमा तरुण दलको आपत्ति

209
VIEWS

नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी, कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताएका छन् ।

‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित