नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ।
प्रहरीको विशेष टोलीले उनलाई आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ।
आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए।
पक्राउपछि आइतबार राति नै उनको स्वास्थ्य परीक्षण गराइएको एसपी रिजालले जानकारी दिए।
Discussion about this post