Khabar Samachar

भ्रष्टाचारीलाई आजीवन कारावास र तीनपुस्ते सम्पत्ति जफतको व्यवस्था गरौँः ज्ञानेन्द्र शाही

204
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश पोखेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचार आरोपित नै संलग्न भएको बताए। यो अहिले मात्रै नभइ ३४ वर्षदेखि यस्तो अभ्यास भइरहेको शाहीको भनाइ छ।
शाहीले भ्रष्टाचारविरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्यूनीकरण नहुने बताए। उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ वर्षको हदबन्दी राख्न लागिएकोमा आपत्ति जनाए।

शाहीले भ्रष्टाचारविरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्यूनीकरण नहुने बताए। उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ वर्षको हदबन्दी राख्न लागिएकोमा आपत्ति जनाए।

शाहीले सडकमा नभइ सदनबाट मुलुकका ठूल्ठूला भ्रष्टाचारका काण्डमा लड्ने हो दलभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुपर्ने बताए।

‘हुनुहुन्छ भने हेर्न चाहन्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही?’, ठूला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहन्छु। यसो नगरौँ। तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु। यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन।’

शाहीले भ्रष्टाचारीलाई आजिवन कारावास र तीनपुस्ते सम्पत्ति जफत गर्ने गरी कानुन बनाएर अघि बढ्नुपर्नेसमेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित