प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार दृढ रहेको बताएका छन्।
सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी सबै कामलाई वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुरूप समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए।
‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्नेछ। सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनुपर्छ। शान्तिप्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ।’
उनले शान्ति सम्झौतामा हस्ताक्षर गरेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अब पछाडि फर्केर हेर्न ठीक नहुने बताएको पनि उनले सुनाए।
‘गिरिजाप्रसाद र मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाएपछि बेपत्ता छानबिन र सत्यनिरुपणको काम एकै पटक सक्नुपर्छ भनेको हो’, उनले भने, ‘गिरिजाप्रसादले यो समस्यालाई बाँकी राख्न नहुने बताइरहनु हुन्थ्यो। फर्गिभ र फर्गेट गरौँ भन्नु भएको थियो। छानबिनमा लाग्दा शान्ति प्रक्रियामा समस्या आउँछ भन्ने उहाँको धारणा थियो।’
विस्तृत शान्ति सम्झौतासँग सम्बन्धी सहमत सबै राजनीति दलहरूको सहयोगलाई लिएर विधेयक संसदबाट पारित गरेर टुंग्याउने बताए।
उनले जघन्य अपराधमा कुनै प्रकारको उन्मुक्ति नदिने प्रतिबद्धता जनाए। द्वन्द्वकालीन मुद्दामा सबै राजनीतिक दल एकजुट हुन आह्वान गरे।
Discussion about this post