सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ २३ गतेदेखि हुने भएको छ।
गोकर्ण गल्फ क्लबमा जेठ २३ देखि २६ सम्म प्रोफेसनल प्रतियोगिता हुने तय भएको हो। जेठ २७ गते प्रो एम इभेन्ट हुने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ।
यसअघि जेठ १ गतेदेखि ५ गतेसम्म गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुने तय भए पनि प्राविधिक कारणबस स्थगित भएको थियो।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सिजनकै सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता हो। जहाँ प्रोफेसनल गल्फरहरूले कुल १५ लाख २० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता सिजनको अर्डर अफ मेरिटको लागि पनि महत्वपूर्ण रहनेछ।
Discussion about this post