Khabar Samachar

भुटानी शरणार्थी प्रकरणमा ओलीको चुनौती : ममाथि पनि छानबिन होस्

207
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ को कार्ड समेत बनिसकेको बताए ।

‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए।

‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने।

उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए।

‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।

आफू प्रधानमन्त्री भएको बेला बाँकी रहेका शरणार्थीलाई पनि तेस्रो देश पठाउन समिति बनेर त्यसले केही प्रस्ताव पठाएपनि होल्ड गरेको उनले बताए । आफू हटेपछि बनेको नयाँ सरकारले प्रस्तावलाई फिर्ता पठाएको, तर प्रतिवेदनको कभर उही राखेर सूची फेरिएको भन्दै ओलीले भने, ‘परिर्वतन गर्ने को हो ? खोजी गर्नुपर्दैन ?’

यो प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि त्यो सफल नहुने उनले बताए । ओलीले भने, म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक पटक प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’

कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित