Khabar Samachar

निजी अस्पतालले विपन्नलाई सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही – मेयर बालेन्द्र शाह

203
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने बताएका छन्।

मेयर शाहले १० प्रतिशत शय्या छुट्याएर बिरामीलाई उपचार सेवा दिएको विवरण अनिवार्यर रुपमा हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिएका छन्।

मेयर शाहले यसअघि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचना (विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन) पुन: सार्वजनिक गर्दै कारबाही गर्ने जानकारी दिएका हुन्। उनले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका छन्।
‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

साथै  स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न  पनि सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित