Khabar Samachar

जेलेन्स्की भन्छन्–बाख्मुत रुसी कब्जामा गएको छैन, पुटिनले भने शुभकामना दिइसके

209
VIEWS

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बाख्मुत शहर रुसको कब्जामा गएको भन्दै शुभकामना दिएका छन् । रुसी भाडाका लडाकु समूह वाग्नरले पनि बाख्मुतमा रुसी झण्डा र वाग्नरको ब्यानर फहराएका छन् ।

तर रुसी दाबीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अस्वीकार गरेका छन् । आइतबार जी–७ बैठकमा जेलेन्स्कीले विश्वका शीर्ष नेताहरूसँगकाे छलफलमा रुसी भाडाका लडाकु समूहले भिडियो सार्वजनिक गर्दै बाख्मुत पूर्ण रूपमा रुसी कब्जामा गएको दाबी गरेका थिए ।

त्यसपछि नै पुटिनले आफ्ना सेनाहरूलाई शुभकामना दिएका थिए । तर जेलेन्स्कीले जी–७ बैठक समाप्त भएपछि आयोजना भएको पत्रकार सम्मेलनमा हालसम्म बाख्मुत रुसको कब्जामा नगएको र आफ्ना सेनाले कडा रूपमा रुसको प्रतिकार गरिरहेको अभिव्यक्ति दिए ।

केही समयअगाडि मात्र रुसका भाडाका लडाकु समूहले बाख्मुतमा युद्ध हारिसकेको अभिव्यक्ति दिएका थिए भने युक्रेनका सेनाले रुसी ठेगानमा आफूले बेजोडसँग आक्रमण गरिरहेका छौँ भनेर भिडियो नै सार्वजनिक गरेका थिए । अमेरिकी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनाको अवधिमा रुसले एक लाखभन्दा बढी सेना गुमाइसकेकाे छ, मृतकमध्ये २० हजार भने बाख्मुतकै लडाइँमा मारिएको बताइएको छ ।

यस्तै जेलेन्स्कीले सन् १९४५ को हिरोसिमाले हालको बाख्मुत शहरको झल्को दिएको पनि उल्लेख गरेका छन् । सन् १९४५ मा हिरोसिमा परमाणु बमले ध्वस्त भएको र हाल आफ्नो देशको बाख्मुत शहर रुसी आक्रमणले ध्वस्त भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित