Khabar Samachar

नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजियो – पूर्वराजा ज्ञानेन्द शाह

206
VIEWS

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीलाई शरणार्थी बनाएर राष्ट्रिय गौरव लोप गराउन खोजिएको टिप्पणी गरेका छन् ।

सोमबार धनगढीमा नागरिक अभिनन्दनपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्वराजा शाहले नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताएका हुन् ।

‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ’, शाहले भने, ‘देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’

उनले भने- नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय  अस्तित्व हुँदाहुँदै  शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ। देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ।

नेपाली स्वाभिमान, वीरता, श्रम, सीप सबै खोसिएको त छैन भन्ने प्रश्न गर्दै उनले यस्ता दृष्यले सबैको आँखा रसाएको टिप्पणी पनि गरे । पछिल्लो समय सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको बताउदै शाहले गम्भीर भएर सोच्ने बेला आएको पनि उल्लेख गरेका छन् ।

‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्धारा युगान्तकारी परिवर्तन चाहान्छौं’, शाहले भने, ‘सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अंगाल्ने ? देश भन्दा ठूलो केही हुँदैन । सोचौं दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’

शाहले नेताहरुले देशका समस्यालाई नदेखेको र नसुनेको जस्तो गरिरहेको समेत बताए । ‘देशका समस्यालाई नदेखेको, नसुनेको जस्तो गरेर, बटारिएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काउने काम भइरहेको छ’, शाहले भने ।

शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा विगतमा सञ्चालनमा रहेका कलकारखाना तथा साना उद्योगहरु कता बिलाए, किन हराए भन्ने प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित