नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।
उनले भने, ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’
भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उनले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिँदै त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताएका थिए ।
भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।
Discussion about this post