Khabar Samachar

Search
Close this search box.

शरणार्थी प्रकरणमा आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग

202
VIEWS

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभामा सरकारले

उनले भने– ‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकी लुकी । त्यो गरिसकेपछि मुद्दा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यतिमात्र हैन, अन्य नेताहरूको आइरहेको छ । तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’

सांसद शाहीले संस्कृतको भनाई सापटी लिँदै नेपाल विगतमा सभ्य र सफल भूमिको रूपमा रहेको बताउँदै एक छाक खानका लागि वार्षिक ६ लाख युवा विदेश जान बाध्य भइरहेको बताए । उनीहरुले विदेशीका अगाडि भीख माग्नुपर्ने अवस्था रहेको बताउँदै भीख माग्न लगाउने नीति बनाउने गाउँको किसान मजदुर नभएर संसदभित्र बसेकै व्यक्तिहरू रहेको उल्लेख गरे । वीर गोरखालीको देशलाई आज कायरको देशको रूपमा चिनिने बनाएको बताउँदै यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित