Khabar Samachar

प्रधानमन्त्रीको मुटु कामे जस्तो छ, जाँच गर्न म तयार छु : रवि लामिछाने

207
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणलाई लिएर प्रधानमन्त्रीले मुटु कमाएको बतताएका छन्।

बिचौलियाले नाम लिएकाहरुमाथि कारबाही गर्न हिच्किचाएको बताउँदै उनले अहिलेसम्म राजनीतिक नेतृत्व र कर्मचारी मिलेर भ्रष्टाचारकाण्ड मच्चाएको पनि बताएका छन्।

‘राजनीति र प्रशासनको मिलेमतोमा भ्रष्टाचारकाण्ड भएका छौँ तर हामीले सामान्य बनायौँ। बालुवाटारभित्र पैसा बुझाएको, सिंहदरबारभित्र, मन्त्री क्वार्टरभित्र पैसा बुझाएको कुरा आएको छ’, उनले भने, ‘यो प्रकरणमा नाम जोडिएजतिलाई बयान लिनुपर्छ।’

उनले यो प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुटु नकाम्ने बताएको प्रसंगमा पनि उनले निकाले।

‘प्रधानमन्त्रीले मुटु काम्दैन भनेको सुनेको थिएँ। म प्रधानमन्त्रीको मुटु जाँच गर्न चाहन्छु, कुन अस्पतालमा जाने हो’, उनले भने, ‘तपाईंहरु तीन पार्टी बसेर खासखुस गर्नु भएको थियो, त्यसको गन्ध अहिले देशभर ठासठुस आइरहेको छ।’

उनले आफूलाई समाचार कक्षमा बुट बजारेर पक्राउ गर्न सक्नेले ठूला नेतालाई भने पक्राउ गर्न हच्किएको बताए।

‘कोही पनि हाई प्रोफाइल हुँदैनन्। अपराधी र भ्रष्टको फाइल हुन्छ मुद्दाको’, उनले भने, ‘तर अहिले काले काले मिलेर खाऊँ भाले भन्न भएको छ। भ्रष्टाचारका कुरामा निर्मम भएर समीक्षा हुनुपर्छ।’

रविले न्यायालय र सेनामा भएको भ्रष्टाचारमा कोही नबोल्ने गरेको पनि बताए। ‘यति बोल्दा अब मलाई के के आइ लाग्ने भयो। स्याल पनि करायो कुखुरो हरायो जस्तो भएको छ’, उनले भने, ‘यो ३० वर्षमा भयो चाहिँ के त।’

उनले ३० वर्षअघि ७० प्रतिशत रकम विकास बजेटमा जाने गरेको बताए। ‘अहिले ७० रुपैयाँको तलब खुवाउने र ३० रुपैयाँ विकास बजेटमा लगाउने चलन छ’, उनले भने, ‘दलका नेता व्यापारीसँग प्रभावित भएका दखिएको छ। संघीयता उस्तै छ। केन्द्र २५ वटाले चल्छ, प्रदेशलाई किन चाहियो १३/१४ मन्त्रालय, किन चाहियो मन्त्री र अनेक राज्यमन्त्री?

देशको अर्थतन्त्र बिगार्ने काममा भारतीय नाकाबन्दीको पनि हात रहेको उनले बताए। ‘सरकारले नाकाबन्दी बिर्सिएछ, नाकाबन्दी बिर्सिने विषय होइन’, उनले भने, ‘नाकाबन्दी पनि देशको अर्थतन्त्र बिगार्ने विषय हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित