Khabar Samachar

ढाकाकुमारलाई सांसद बनाउन तीन करोड लिएको आरोपप्रति रास्वपाकाे आपत्ति

205
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही संचारमाध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका भन्दै आपत्ति जनाएको छ । पार्टी महासचिव एवं प्रवक्ता मुकुल ढकालले आफू र पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालविरुद्ध गलत समाचार सम्प्रेषण गरेको भन्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

प्रवक्ता ढकालले यो आरोप पुष्टि भए जस्तो सुकै सजाय भोग्न तयार रहेकोसमेत बताएका छन् । उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’

यसैगरी अर्का आरोपी डीपी अर्यालले पनि समाचार मनगढन्ते रहेको भन्दै त्यसलाई सच्याउन भनेका छन् । उनले उक्त समाचार नसच्याए अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशकविरुद्ध उचित कानुनी उपचार समेत खोजिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित