Khabar Samachar

अध्यक्ष ओलीलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेद्वारा संसद् बैठक अवरोध

210
VIEWS

प्रतिनिधिसभाको बैठक पशुपतिको जलहरी विवादले प्रभावित भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालिएको भन्दै माओवादी सांसदले गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको छ ।

सत्तापक्षका नेताले विना आधार भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाए। उनले भने,’ सत्तापक्षका नेता लेखनाथ दाहाल’राजन’ले हाम्रो दलका नेतालाई पशुपतिको गजुर काण्डमा सुन र पित्तल भनेर आरोप लगाउनुभयो। हामी जवाफ चान्छौँ। सत्ता पक्षले जवाफ नआएसस्म्म सदनको कारवाही अघि बढन सक्दैन। एमाले भ्रष्टाचार विरोधी पार्टी हो।’

प्रमुख सचेतक गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’आरोप लगाएका थिए।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुनः उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।

सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजीसमेत गरेका थिए।

एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने अडान राखेपछि बैठक सुरु हुन नसकेको एक सांसदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित