Khabar Samachar

रेशम चौधरी निर्दोष भएर छुट्नुभएन,कैद मिनाहा गराएर निकालियो – रवि लामिछाने

213
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरी लाई गलत तरिकाले निकालेको बाताएका छन ।

उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो। रेशम चौधरीमाथि पनि न्याय भयो र ? उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो। उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि। जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन। उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन।

उनले चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गरे। थारुहरूले गरेको संघर्षले विजय प्राप्त नगरेको उल्लेख गर्दै थारुहरूको पक्षमा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित