Khabar Samachar

Search
Close this search box.

सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो – बालेन शाह

210
VIEWS

सरकारले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडाध्यक्षको स्तरमा झरेको टिप्पणी गरेका छन्। ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ बालेनले फेसबुकमा लेखेका छन् । उनले ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु’ भनेर प्रश्नसमेत गरेका छन् ।अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत् सांसद विकास कोषलाई व्युँताउँदै प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित