Khabar Samachar

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध – रवि लामिछाने

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गरेका छन् ।

तल्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि रविले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन् ।

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानीत संस्थाको गरिमाविपरीत भएको उनको बुझाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत , लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित