Khabar Samachar

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा शीतल निवासअगाडि अनेरास्ववियुको प्रदर्शन

203
VIEWS

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्‍यो । प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिए । यसैगरी ८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादितरूपमा विधेयक प्रमाणीकरण गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित