Khabar Samachar

विवेकशील साझाबाट काठमाडौंको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधर उठ्ने

34
SHARES
68
VIEWS

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ।

मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो।

३८ वर्षकी बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन्। उनी ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा उम्मेदवार थिइन्। उनले त्यसबेला तेस्रो स्थानको मत ल्याएकी थिइन्।काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिका गएर कानूनमा नै मास्टर्स गरेकी थिइन् । पढाई सकाएर स्वदेश फर्केकी बाँस्कोटा राजनीतिसँग सँगै चियाको बजारीकरणको काम पनि गर्छिन ।

तुलाधर जेसिजको पूर्वराष्ट्रिय अध्यक्ष हुन्। ६२ वर्षकी उनले शिक्षामा उनले स्नातकोत्तर गरेकी छन्।

चुनावी अभियानको नेतृत्व भने केन्द्रीय सदस्य अनुपा श्रेष्ठले गर्ने विवेकशील साझाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित