Khabar Samachar

Search
Close this search box.

भाटभटेनीका सञ्चालक गुरुङको नाममा मात्रै २९ रोपनीभन्दा बढी जग्गा

237
VIEWS

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङको नाममा मात्र २९ रोपनी जग्गा रहेको खुलेको छ।

भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हाे।

ललिला निवासको कुल जग्गामध्ये केही जग्गा मोहीलाई दिलाउने भन्ने निर्णय भएको थियो। साेही जग्गामध्ये मोहीलाई केही दिएर दलालीले आफ्नो नाममा गराएको र त्यहीमध्येको २९ रोपनी गुरुङको नाममा रहेको पाइएको सिआइबीले जानकारी गराएको हो।

सिआइबीले व्यवसायी गुरुङलाई मंगलबार नक्सालबाट पक्राउ गरी अनुसन्धान थालेको हो। उनी पक्राउ परेसँगै यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्की, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी रहेका छन्।

जसमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, भूपेन्द्रमणि केसी र सुरेन्द्रमान खपाली अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरी हिजै छुटेका हुन् भने बाँकी चार जनालाई सिआइबीले आज सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित