Khabar Samachar

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

207
VIEWS

रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।

कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

छोरी रोहीको शव घरको पंखामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

कविताको श्रीमान् वीरेन्द्र कुमार साह घटनापछि सम्पर्क विहीन भएका छन् । घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको स्थानीयको अनुमान छ ।

डिएसपी यादवले घटना शंकास्पद देखिएको र थप अनुसन्धान गरिरहेको बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित