प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहित विरोधी रहेको एमालेको ठम्याइ छ ।
बैठक सुरु हुनासाथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पदमा रहन उपयुक्त नभएको भन्दै राजीनामा माग गरेका थिए । उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।
सदनमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन नचल्ने बताए।
Discussion about this post