Khabar Samachar

डा. स्वर्णिम वाग्लेले पाएनन् कांग्रेसबाट टिकट

202
VIEWS

 

अर्थविद् डा. स्वर्णिम वाग्ले आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। उनले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने प्रयास गरेका थिए।

उम्मेदवार चयन प्रक्रियामा डा. वाग्ले चितवन–१ बाट सिफारिस भएका थिए। सत्ता गठबन्धनले उक्त क्षेत्रबाट अर्का अर्थविद् डा. विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ।

वाग्लेले चितवन–१ सँगै काठमाडौं–५ बाट पनि उम्मेदवार बन्ने चाहना राखेका थिए। सत्ता गठबन्धनले काठमाडौं–५ बाट युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ।

कांग्रेसको संस्थापनइतर समूहनिकट वाग्लेले विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पद सम्हालिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित