Skip to main content

Khabar Samachar

Search
Close this search box.

वामदेवको नेकपा राष्ट्रिय एकता अभियानद्वारा विष्णु पौडेललाई समर्थन

209
VIEWS

नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ मा एमाले उम्मेदवार विष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।

पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले भने, ‘विष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौँ । विष्णु पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’

यहाँका उद्योगीहरूको लगानी, युवाहरूको रोजगारी लगायतका कुराहरूको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी गरे ।

आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरूलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित