Khabar Samachar

नक्कली भुटानी शरणार्थी : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

205
VIEWS

 

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार पक्राउ परेका थिए। त्यही प्रकरणमा जोडिएका पाण्डेलाई काठमाडौं परिसरको टोलीले बुधबार पक्राउ गरेको हो।

यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो। उनलाई काठमाडौं परिसरमा राखेर अनुसन्धान अघि बढाइएको छ। पाण्डे यसअघि गृहसचिवका रुपमा कार्यरत रहने क्रममा नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको छ।

उक्त गिरोहसँग रकम लेनदेनमा उनीसमेत प्रत्यक्ष जोडिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित