Khabar Samachar

Search
Close this search box.

मृत अवस्थामा भेटिए मनमोहन भास्कुलरका फार्मेसी अधिकृत

249
VIEWS

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एकजना अधिकृत मृत भेटिएका छन्।

उक्त अस्तालको फार्मेसीमा कार्यतर फार्मेसी अधिकृत ३५ वर्षीय अमृत पोखरेल मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका सीताराम रिजालले बताए।

पोखरेल अर्घाखाँचीको शीतगंगा नगरपालिकाका बासिन्दा हुन्। रिजालका अनुसार उनी कपडाको पासो लगाए झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।

पोखरेलले शुक्रबार बिहान पौने ८ बजेको समयमा अस्पताल भवनको दुई तलामाथिको स्टोर रुमनजिकैको भर्‍याङमा कपडाको पासो लगाएका थिए।

त्यहाँ पुगेको प्रहरी टोलीले घटना जाँच प्रकृति मुचुल्का गरेर शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित