Khabar Samachar

पार्टीमा निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : प्रकाशमान सिंह

202
VIEWS

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन् ।

उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने धारणा राखे । पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले त्यसो नगरि गुनासो बाँकी रहिरहने बताए ।

कांग््रस बैठकले जनतालाई के दिने ? भन्ने बारे पनि बैठकले बोल्नुपर्ने उनको भनाई थियो ।

‘पार्टी विधान नियमानुसार चल्नुपर्छ भन्ने कुरा आएको छ । यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु । कार्यकताृलाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ’, उनले भने, ‘राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ ।’
उनले पार्टीमा समस्या भयो भनेर मात्र नहुने भन्दै अब विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समस्या समाधान हुने पनि बताए ।

०४६ अगाडि र पछाडीको पुस्तामा फरक रहेको पनि उनले बताए । ०४६ पछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको सिंहको भनाई थियो ।

त्यस्तै, उनले स्थानीय तह, प्रदेश र संघमा पार्टीबाट निर्वाचितहरुबाट संगठनमा के भयो ? भन्दै प्रश्न पनि गरे । चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराए । पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबिचको समन्वयमा पनि उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित