Khabar Samachar

Search
Close this search box.

काठमाडौं मेडिकल कलेजमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीको प्रदर्शन

222
VIEWS

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आन्दोलन थालेका छन् ।

बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ । त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित