Khabar Samachar

फिफा विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

212
VIEWS

काठमाडौं । एएफसी एसिया कप-२०२७ र फिफा विश्वकप-२०२६ छनोटको पहिलो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले लाओसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

होम एन्ड अवे पद्दतिमा हुने पहिलो चरणको छनोटका लागि बिहीबार भएको ‘ड्र’बाट नेपालले लासोसलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । पहिलो चरणका जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ । छनोटको पहिलो चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ । छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयताभित्र परेका टिमहरु छन् ।

फिफाको एसियाली वरीयताको पुछारका २० टिममा परेपछि नेपालले विश्वकप छनोटको पहिलो चरण खेल्ने भएको हो । नेपालले हालसम्म एसिया कप र फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन ।

नेपालले यसअघि सन् २०२२ को विश्वकप छनोटमा भने सोझै दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो ।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुने तालिका छ । यस्तै, २०२७ को एसिया कप साउदी अरेबियामा हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित