नेपाल समाजवादी पार्टीका गोरखा नगरपालिका अध्यक्षसहित १४ जनाले पार्टी छाडेका छन्।
नगर सभापति ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रबिन आचार्यसहितले विज्ञप्ति निकालेर पार्टीबाट अलग भएको जानकारी गराएका हुन्।
उनीहरूले सामाजिक काममा क्रियाशील रहने भन्दै पार्टीबाट अलग भएका हुन्।
‘पछिल्लो चरण अन्य पार्टी र वैकल्पिक भन्ने हाम्रो नेसपा पार्टीबीच कुनै भिन्नता नहुने स्थिति देखा पर्दै गयो,’ नेतृत्वको आलोचना गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘उही पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व नै हाबी हुन थालेपछि जनताको आशा र हामीले सोचेको वैकल्पिक शक्ति निर्माण महाअभियान यात्रा पुरानो बाटोतिरै फर्किएको अनुभूति भयो।’
गोरखा नेसपा अध्यक्ष बाबुराम भट्टराईको गृहजिल्ला हो। नेसपाले ६ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला अध्यक्ष भट्टराईकै गृह जिल्लाका नगर सभापतिसहित १४ जनाले पार्टी छाडेका छन्।
Discussion about this post