Skip to main content

Khabar Samachar

Search
Close this search box.

राप्रपाको पार्टी कार्यालय भत्काउने महानगरको तयारी

207
VIEWS

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने तयारी गरेको छ ।

१३ असोज २०७९ मै कार्यालय हटाउन सूचना टाँसेको महानगरपालिकाले १२ साउनमा ३ दिन समय दिएर कार्यालय हटाउन भनेको थियो । ‘भोलि सोमबारसम्मको समय दिएका छौं, हाइटेन्सन लाइनमुनि कुनै पनि घर बनाउन वा कार्यालय सञ्चालन गर्न मिल्दैन, कार्यालय नहटे हामी आफैं डोजर चलाउँछौं’ नगर प्रहरी प्रमुख राजु पाण्डेले  भने ।

राप्रपाको कार्यालय भत्काउने निर्णय भइसकेको भन्दै उनले थपे, ‘हटेन भने हामी डोजर नै चलाउँछौं ।’

राप्रपाको पार्टी कार्यालय भएको जग्गादेखि माथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन) छ । हाइटेन्सन लाइनमुनि संरचना निर्माण गर्न नपाइने कानुनी व्यवस्था छ भने यस्ता ठाउँमा दुर्घटनाको जोखिम पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित