Khabar Samachar

काठमाडौंको महांकाल मन्दिरमा ठोक्कियो ट्यांकर

226
VIEWS

काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते भएका छन्।

सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किएपछि मन्दीरको भित्तामा क्षति पुगेको छ।

दुर्घटनामा ओखलढुंगा घर भई बसुन्धरा बस्ने ५९ वर्षीय तेजबहादुर खत्री घाइते भएका छन्।

घाइते भएका चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार ट्यांकर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

अहिले गुठियारहरूबीच छलफल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित