Skip to main content

Khabar Samachar

Search
Close this search box.

तीन हप्ताभित्र कार्यालय भवन खाली गर्ने राप्रपाको लिखित प्रतिवद्धता

225
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले मापदण्डविपरीत बनेको आफ्नो कार्यालय भवन तीन हप्ताभित्र खाली गर्ने लिखित प्रतिवद्धता जनाएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको त्रिपक्षीय छलफलपछि राप्रपाले सो प्रतिवद्धता जनाएको हो ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीका अनुसार राप्रपा भवन भत्काउने विषयमा जिल्ला प्रशासन प्रमुखको रोहबरमा काठमाडौं महानगर र राप्रपाबीच छलफल भएको थियो । छलफलमा समझदारीपछि राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले तीन हप्ताभित्र कार्यालय खाली गर्ने प्रतिवद्धतासहितको पत्रमा हस्ताक्षर गरेर प्रजिअको भाइबरमा पठाएका छन् । उक्त पत्र नगर प्रहरी प्रमुख राजू पाण्डेले समेत हेरेर सहमति जनाएका थिए ।

जिप्रकामा सहमति पश्चात महानगरले पठाएको डोजर फर्किएको छ । तीन हप्तापछि पनि घर खाली नगरेमा महानगरले डोजर चलाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित