Khabar Samachar

नेताहरूले असन्तुष्टि जनाएपछि माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

203
VIEWS

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ।

बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्‍यो,’ महराले भने।

केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ।

केन्द्रीय समितिमा सुरूमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाही, पार्टीको स्थिति र अब के गर्ने भन्नेजस्ता विषयमा प्रतिवेदन पेश गर्ने छन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे पनि प्रधानमन्त्री दाहालले बिफ्रिङ गर्ने कार्यक्रम छ।त्यसपछि केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइने महराले बताए। ‘सकेसम्म सबै केन्द्रीय सदस्यलाई बोल्ने समय मिलाउने भन्ने छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित