Khabar Samachar

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्धारण गर्‍यो विभागका पदाधिकारी र सदस्यहरूको योग्यता

220
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।

बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण वा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यस्तै प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता तोकेको छ।

‘केन्द्रको विभागको प्रमुख र सदस्य हुन मास्टर्स डिग्री पढेको अथवा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण उपलब्धी हासिल गरेको हुनुपर्ने छ,’ केन्द्रीय समितिको निर्णयबारे जानकारी गराउँदै पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सेतोपाटीसँग भने, ‘प्रदेशको विभागको प्रमुख हुन पनि त्यही योग्यता तय गरिएको छ।’

पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ। पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय भएको ढकालले बताए।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले राजनीतिक दस्तावेज मस्यौदा कार्यदलका सदस्यलाई गाउँगाउँमा अन्तरक्रिया गर्न पठाउने निर्णय गरेको छ।

‘प्रत्येक कार्यदलका सदस्यले कम्तीमा ३ जिल्ला जानुपर्ने छ। एउटा जिल्लामा पाँच दिन बसेर अन्तक्र्रिया गर्नुपर्ने छ। तीन पटक गएर त्यसरी अन्तरक्रिया गर्नुपर्ने छ,’ ढकालले भने, ‘कार्यदलका सदस्यलाई गाउँ जाँदा लाग्ने खर्च पनि पार्टीले नै बेहोर्ने गरी स्वीकृत गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित