Khabar Samachar

पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

204
VIEWS

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।

पदाधिकारीको कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको आइतबारको बैठकमा प्रस्ताव गर्दैछन्।

‘पार्टीले पदाधिकारीहरूको कार्यविभाजन व्यापक ढंगले परिवर्तन गर्दैछ,’ एक पदाधिकारीले भने, ‘त्यससम्बन्धी प्रस्ताव पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ।’

कस्तो खालको कार्यविभाजन हुने र को-कसको जिम्मेवारी हेरफेर हुने भन्ने बारेमा भने उनले खुलाएनन्।

गत साउन १७ गतेदेखि काठमाडौंको कमलादीमा केन्द्रीय कमिटी बैठक जारी छ। अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन्।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।

४०७ जना केन्द्रीय सदस्यमध्ये शनिबार चौंथो दिनको बैठकसम्म २ सय २१ जना केन्द्रीय सदस्यहरुले बोलिसकेका छन्। बोल्न नाम लेखाएका १४६ जना बोल्न बाँकी छ। तर सबैजनाले आफ्नो धारणा राख्ने सम्भावना कम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित