Khabar Samachar

Search
Close this search box.

नेविसंघको असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाको घर घेर्ने

203
VIEWS

नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् ।

नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् ।

समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् ।

नेविसंघका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा जान हामीलाई नदिएपछि त कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई मनोनित गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् ।

केन्द्रीय कार्यसमितिमा परेका एक विद्यार्थी नेताका अनुसार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोप लागेका योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह मनोनित कार्यसमितिमा नपरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

नाम बताउन नमानेका उनी भन्छन् ‘अहिले हेर्नुभयो भने आन्दोलनको नेतृत्व नै योगेन्द्र रावलले गरिरहेका छन् । आफू नपर्दा अवश्य पनि चित्त बुझ्दैन नै तर उनीहरुले पनि आफूहरु किन परिएन भनेर मनन गर्नुपर्छ ।’

उनीहरुमाथि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेको छ । उनीहरुलाई मनोनित गर्दा नेविसंघ मात्रै नभएर सिंगो पार्टी नै विवादित हुने भएपछि नेतृत्वले उनीहरुलाई मनोनित नगरेको हुन सक्ने ती विद्यार्थी नेताले बताए ।

यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि मात्रै केन्द्रीय समिति पाएका छन् ।

अध्यक्ष शेर्पा भने अन्यायमा परेकालाई समेटेर जाने बताउँछन् । उनी भन्छन् ‘ठूलो संगठनमा यस्ता गुनासो त हुन्छ नै तर सबैलाई समेटेर लाने प्रयास हुन्छ । अन्यायमा परेका साथीहरुको माग सम्बोधन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित