Khabar Samachar

नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनः सञ्चालन

201
VIEWS

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन् ।

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै  सवारीआवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित