Khabar Samachar

प्रचण्ड, देउवा र कोइरालाबिच लिखित सहमति , गठबन्धन दायाँबायाँ नहुने

202
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

उनीहरुबीच शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित कबुलियतनामा गरेका हुन् ।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन् ।सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि डा. शेखर पक्षले विद्रोह गरेका थियो ।

छलफलमा तीन नेता कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत भएका हुन्।

‘नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिवद्धता व्यक्त गर्दछौँ,’ तीन नेताले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कोशीमा गठबन्धनकै सरकारले निरन्तरता पाउने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित