Khabar Samachar

खानेकुरा तेलमा तार्दा ध्यान दिनुपर्ने ६ कुरा

217
VIEWS

चाडबाडमा हलका खानेकुरा भन्दा तारेका (डिप फ्राइ गरिएका), मसालेदार खानेकुरा नै धेरैले रुचाइरहेका हुन्छन् । डिप फ्राइ गरेपछि बाँकी रहेको तेललाई पुनः प्रयोग गरेर अर्को परिकारमा प्रयोग गरिन्छ । विज्ञहरुका अनुसार लामो समयसम्म तेल उमाल्दा धेरै पौष्टिक तत्व नष्ट हुन्छन् । झन् बारम्बार एकै तेलमा परिकार पकाउँदा स्वास्थ्यलाई निकै असर गर्छ । त्यसैले डिप फ्राइ गर्दा केही सावधानी अपनाउन आवश्यक छ ।चाडपर्वको सिजन सुरु भइसकेको छ । रमाइलो माहोल, कामबाट छुट्टी र भेटघाटले चाडपर्वलाई उल्लासमय बनाउँछ । यससँगै जोडिएर आउँछ मिष्ठान्न परिकार ।डिप फ्राइ गर्दा ठूलो, चौडा र समतल प्यानको प्रयोग गर्नुको सट्टा सानो, गहिरो र साँघुरो मुख भएको भाँडा प्रयोग गर्नु उचित हुन्छ । यस्तो भाँडोमा कम तेलमै सजिलैसँग डिप फ्राइ गर्न सकिन्छ ।

तेलमा ध्यान दिने

डिप फ्राइका लागि ओलिभ तेल, नरिवलको तेलको सट्टा घिउ, बदाम र तोरीको तेल प्रयोग गर्नुपर्छ । किनभने नरिवल र जैतुनको तेलको उम्लिने बिन्दु कम हुने भएकाले चाँडै डढ्छ भने घिउ, तोरी र बदामको तेलमा उच्च उम्लिने बिन्दु हुन्छ । जसकारण उच्च तापक्रममा पनि खानेकुरा र भाँडो जल्दैन र पुनः प्रयोग गर्न सकिन्छ ।

तापक्रम सही राख्ने

खानेकुरा पकाउँदा या त तेल धेरै तताइन्छ वा तेल नतात्दै खानेकुरा भुट्न खोजिन्छ भने तेल कि त डढ्छ कि त तैरिरहन्छ । यस्तोमा तापक्रम कसरी थाहा पाउने त ? तापक्रम जाँच गर्न त्यति कठिन छैन । तेलमा खानेकुराको सानो टुक्रा हालेर ६० सेकेन्डभित्र खैरो भएपछि खानेकुरा राखेर पकाउन सकिन्छ ।

खानेकुराको आकार

जतिसुकै मात्रामा खानेकुरा भुटे पनि त्यसको साइज एउटै राख्नुपर्छ । खानेकुरामा कुनै सानो, कुनै वा पातलो भएमा त्यो डढ्ने वा नपाक्ने हुन्छ । साथै, ठूला टुक्राहरू फ्राइ गर्न थप समय लाग्नेछ ।पानीबाट टाढा रहने

फ्रेन्च फ्राइ, पकौडा, पुरी फ्राइ गर्दा कहिलेकाहीं हात वा लाठीमा पानी आउन सक्छ । र, त्यो पानीको थोपा तातो तेलमा पर्दा तेलको छिटा बाहिर निस्कन्छ । जसले गर्दा अनुहार वा हातको छाला पोल्ने सम्भावना रहन्छ । यसबाट बच्न लाठी र हातलाई राम्ररी पुछेर प्रयोग गर्नुपर्छ ।

खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्ने

डिप फ्राइ गर्दा खानेकुरा र तेल थेग्न नसक्ने गरी भाँडोमा राख्न हुँदैन । किनभने यदि धेरै तेल भयो भने खाना थप्ने बित्तिकै बाहिर निस्कन थाल्छ र धेरै खानेकुरा भएमा त्यहीं टाँसिन्छ । टाँसिएपछि खानेकुरा टाँसिने त हुन्छ नै क्रिस्पी पनि हुँदैन ।

सावधानी पनि अपनाउनुपर्छ

–डिप फ्राइ गर्दा चुलोबाट केही दूरीमा उभिनुपर्छ । ताकि कुनै पनि प्रकारको तेलको तातो छिट्टाबाट जोगिन सकियोस् ।

–सम्भव भएमा सिन्थेटिक कपडाको सट्टा सुती कपडा लगाउनुपर्छ ।

–डिप फ्राइ गरेपछि बाँकी तेललाई छानेर डिब्बामा भर्नुपर्छ । त्यो तेल डिप फ्राइ गर्नुको साटो तरकारी बनाउन र पराठा पकाउन प्रयोग गर्न सकिन्छ तर बारम्बार भुटेको तेलमा पकाइरहनु हुँदैन ।

–भुटेको खानेकुरा सीधै प्लेटमा निकाल्नुको सट्टा पहिले टिस्यु पेपर वा काम नलाग्ने पत्रपत्रिका निकालेर प्रयोग गर्न सकिन्छ ।

–फ्रेन्च फ्राइ, पकोडाजस्ता स्न्याक्स फ्राइ गर्दा तेलको तापक्रम र आगोलाई मध्यम राख्नुपर्छ ।

–पुरी फ्राइ गर्दा तेललाई राम्ररी तताएर मात्रै तेलमा हाल्नुपर्छ जसले गर्दा राम्रोसँग पाक्छ र पुरी मज्जासँग फुल्छ । चिसो तेलमा पुरी राम्ररी फुल्दैन र काँचो पनि रहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित