Khabar Samachar

बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल सुरु

204
VIEWS

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले डाकेको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको हो ।

‘प्रधानमन्त्रीले शान्ति सम्झौताको अनुभव साटासाट गर्ने र यसपछाडिका काम तय गर्न बैठक बोलाउनुभएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित