Khabar Samachar

Search
Close this search box.

भक्ति सङ्गीतमा शिशिर योगीको स्वर

235
VIEWS

पछिल्लो समय स्वर सुल्तानको उपनाम बनाएका लोकप्रिय गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अगि बढाएका छन् । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी आवाजको जादु पस्केका छन् । प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ

भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीलाई केही राहत दिने निश्चित छ । भक्तिसङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन् । उच्चकोटिको सङ्गीत, खारिएको आवाज र श्रुतिमधुर शब्दले श्रोतालाई आनन्दको सागरमा डुबाउँछन् । शिशिर यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल भएका छन् । गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ । हुन त हामीले ‘ॐ गं  गणपतेय नमो नम:लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौँ । शिशिरले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रदर्शन गरेका छन् । करुणरसको  प्रयोगले यसमा थप स्वाद दिएको छ । ‘निलांजन समाभासम्..’ बोलको शनि मन्त्रमा भक्ति र करुण सरको संयोजन भएको छ । शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ । साथै गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवजमा पस्किएका छन् । सबै मन्त्रमा शिशिरले सङ्गीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक  र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन् । यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गरका छन् । ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् भने दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् । शिशिरको यस पालिको कर्म पृथक देखिन्छ । उनले तन,मन, बुद्धि र वर्कतको प्रयोग गरी नयाँ मार्गमा लाग्न ठुलो परिश्रम गरेका छन् । यसका लागि शिशिर बधाईका पात्र छन् । यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानलबाट २०७९ जेठ ३१ गते मङ्गलबार बिहान ठिक ८ बजे गणेश स्तुतिबाट सुरु भई क्रमशः  प्रशारित हुँदै जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित