Khabar Samachar

Search
Close this search box.

राजसंस्थाको पक्षमा भएको प्रदर्शनलाई कमल थापाको समर्थन

204
VIEWS

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सरकारसँग सो आग्रह गरेका हुन् ।उनले भनेका छन् : ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दु राष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर आज राजधानी काठमाडौँमा भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु ।’उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । साथै जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न समेत अध्यक्ष थापाले सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको शीर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् । त्यस्तै आगामी दिनमा सर्वसाधारणलाई कठिनाई नहुनेगरी प्रदर्शन सञ्चालन गर्न समेत आयोजकहरुसँग अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित