Khabar Samachar

नेविसंघको त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन

203
VIEWS

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ । नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।

अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।

 

संघका अध्यक्ष दुजाङ शेर्पाले कुरा गर्दै विश्वविद्यालयमा भइरहेका कतिपय गतिविधिले संगठनको मर्यादामा असर परेकाले कदम चालेको बताए । ‘नेविसंघको नाममा विभिन्न समूह बनाउने, आफूखुसी गतिविधि गर्ने क्रम बढ्यो,’ उनले भने, ‘केन्द्रको निर्णयले त्यो रोकिनेछ । अधिवेशनबाट समिति बनाउनका लागि केन्द्रीय प्रतिनिधि पठाउँछौं ।’

त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसंघका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसंघ केन्द्रले चासो व्यक्त गरेको छ । ‘आन्दोलनजस्तो महत्वपूर्ण कुरालाई आ–आफ्नो इच्छाअनुसार लैजाने काम भयो,’ शेर्पाले भने, ‘अब त्यस्तो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित