Skip to main content

Khabar Samachar

Search
Close this search box.

स्वरबाट मन्त्रमुग्ध भएर रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ

234
VIEWS

नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को प्रतिस्पर्धामा छिन्। मेनुकाको प्रस्तुतिले लगातार जज र अडियन्सको मन जितिरहेको छ।

यसैबीच फिल्म ‘एनिमल’को प्रमोसनमा इन्डियन आइडलमा पुगेका बलिउड अभिनेता रणवीर कपुरले मेनुकाको पाउ छोएका छन्।

मेनुकाले स्टेजमा ‘अगर तुम साथ हो’ गीत गाएकी थिइन्।रणवीरसँगै रश्मिका मन्डाना पनि पुगेकी थिइन्। मेनुकाको स्वर सुनेर रणवीर निकै भावुक बने। र, स्टेजमा आएर उनले मेनुकाको तारिफ गर्दै खुट्टा समाएका हुन्।मेनुकाले पनि धन्यावाद भनिन्।

स्टेजमा पुगेर रणवीरले भने, ‘मेनुकाजी मेरो नाम रणवीर कपुर हो। म तपाई‌सँग आशीर्वाद लिन चाहन्छु। जब श्रेयाजीले कुनै मञ्चमा पहिलोपटक गीत गाएकी थिइन्। त्यतिबेला उनलाई देवी भनिन्थ्यो। अहिले हाम्रासामु देवी नम्बर २ अगाडि अभिएकी छन्।’

मेनुकाले मञ्चमा गाएको ‘अगर तुम साथ हो’ गीत रणवीर र दीपिका पादुकोण अभिनित फिल्म ‘तमासा’ मा समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित