Skip to main content

Khabar Samachar

Search
Close this search box.

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त

205
VIEWS

पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलंका स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पलगत्तै लाङटाङमा पुगेर ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित