Khabar Samachar

भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा

214
VIEWS

भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा परेका छन् । डिसेम्बर १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्ने सांसदहरुमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

संसद्को सुरक्षालाई लिएर भारतीय संसदमा विवाद भइरहेको छ । संसद सुरक्षाको जिम्मा लोकसभा अध्यक्षको भएको सत्तापक्षको भनाई छ भने विपक्षीहरु सुरक्षाको विषयमा गृहमन्त्रीको जवाफ मागिरहेका छन् ।

विपक्षीहरुले नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

पछिल्लो एक हप्तामा भारतको लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् ।

सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको र ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसद निलम्बनमा परेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित